Main News

सर्वोच्च अदालतको फुल कोर्ट बैठक आज, संवैधानिक इजलासलगायतका विषयमा छलफल हुने

हिमालय टिभी
२०७८ जेठ २१ गते ७:१२
सर्वोच्च अदालतको फुल कोर्ट बैठक आज, संवैधानिक इजलासलगायतका विषयमा छलफल हुने

२१ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फुल कोर्ट बैठक बोलाउनु भएको हो ।

आजको बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ।

संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीश विवादमा परेपछि प्रधानन्यायाधीश राणाले इजलास नै विघटन गर्दै नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने बताउनु भएको थियो ।

दुई न्यायाधीश दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि इजलासको विवादकै बारेमा छलफल हुने बताइएको छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजालास विवादित बनेपछि राणाले बोलाएको पूर्ण बैठकलाई महत्वकासाथ हेरिएको छ ।

यो विषयमा सर्वोच्चका न्यायाधीशको धारणा सुनेपछि निर्णय हुनसक्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा सुनुवाई गर्न अर्को इजलास जेठ २३ गतेका लागि तोकिएको छ ।

सुनुवाइको मिति तोके पनि राणाले संवैधानिक इजलास गठन गर्न सक्नु भएको छैन । जेठ ७ गते मध्यरातमा दोस्रो पटक संसद्‍ विघटन भएपछि त्यसका विरुद्ध परेका ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गर्नु भएको थियो ।

तर बहसका क्रममा अधिवक्ताहरुले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसी माथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *