Main News

फ्रान्सद्वारा कोरोनाविरुद्धको आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

हिमालय टिभी
२०७८ जेठ १९ गते १३:१६
फ्रान्सद्वारा कोरोनाविरुद्धको आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

१९ जेठ २०७८ काठमाडौं । फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री आज स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री लिएर कार्गो विमान आज बिहान काठमाडौँ आएको हो।

मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको हो । नेपाल सरकारले सहयोगका लागि गरेको अपील अन्तर्गत फ्रान्सले अत्यावश्यक सामग्री पठाएको हो।

पाँच लाख चार हजार एफएफपी(२ मास्क, २० हजार २ सय २५ एन्टीजेन टेस्ट किट, १२ हजार थान प्रोटेक्सन ग्लासेज, ९ वटा ओसिरिस रेस्पिरेटर र कन्सुम्बल लगायतका सामग्री रहेका छन् ।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीलाई नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस जेभियर लेगेरले हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *