Main News
आज मौसममा सामान्य बदली हुने
२०७८ जेठ १८ गते ८:५७

१८ जेठ २०७८ काठमाडौं । आज देशका केही स्थानमा सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।
जसका कारण प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू–भागहरूका स्थानहरूमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा भएको छ।
साँझपख अरु भूभागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया