Main News

गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन प्रदेश प्रमुख र मुख्यमन्त्रीको चर्को आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १८:३३
गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन प्रदेश प्रमुख र मुख्यमन्त्रीको चर्को आलोचना (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिनमै विपक्षी दलले प्रदेश प्रमुख र मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको संघीयताप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाएका छन् ।

बैठकमा उनीहरुले प्रदेश सरकार संघ सरकारकै बाटोमा हिँडेको भन्दै मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको आलोचना गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशका मुख्यमन्त्री समेत प्रधानमन्त्री ओलीको मतियार बनेको आरोप लगाउनुभयो ।

दुई वा दुईभन्दा धेरै दलको हस्ताक्षर बुझाउँदासमेत गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले संविधान उल्लंघन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले शुरुका दिनमा संघयिता कार्यान्वयनमा लागे पनि मुख्यमन्त्री गुरुङ संघ सरकारसँगै लतारिँदै हिड्न थालेको आरोप लगाउनुभयो । उहाँले वैकल्पिक सरकार गठनमा प्रदेश प्रमुखबाट भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले अल्पमतमा परेको सरकार भएकाले बजेटको विषयमा छलफल गर्नु व्यर्थ रहेको बताउनुभयो । उहाँले सरकारलाई विश्वासको मत लिएर अल्पमतको हैन बहुमतको हो भन्ने पुष्टि गर्न चुनौती दिनुभयो ।

जनाता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले सरकारले कोरोना संक्रमितको उपचार गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । भोलि दिउँसो एक बजे बस्ने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्य सूचि छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *