Main News

बेलायत र फिनल्याण्डद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १४ गते २०:२५
बेलायत र फिनल्याण्डद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७८ काठमाडौं । बेलायतले २ सय ६० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

कोरोना महामारीविरुद्ध लडनका लागि बेलायतले नेपाललाई २ सय ६० थान भेन्टिलेटर, १९ हजार २ सय थान आइ प्रोटेक्टर लगायतका सामग्री सहयोग गरेको हो ।

यी स्वास्थ्य सामग्री नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

सामग्री बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले विपद्का बेला भएको सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद दिनुभयो । बेलायतकै सामाजिक संस्था नेपाल मेडयुकेले उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर पनि बेलायत सरकारले चार्टर गरेको कार्गो बिमानमा काठमाडौं ल्याइएको छ ।

यस्तै फिनल्याण्ड सरकारले पनि नेपाललाई मास्क, फेससिल्ड, स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री त्रिपाठीलाई नेपालका लागि फिनल्याण्डका राजदूत प्रिट्ट एन्टेननले ती सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *