Main News

आज अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने

हिमालय टिभी
२०७८ जेठ ११ गते ९:००
आज अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने

११ जेठ २०७८ काठमाडौं । आज देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली हुने भएको हो । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ ।

भोलिसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसमविदले बताएका छन् । उक्त चक्रवातको केही असर नेपालमा पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन पनि मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *