Main News

कर्णालीमा १० जना कोरोना सङ्क्रमितको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ९ गते २०:२०
कर्णालीमा १० जना कोरोना सङ्क्रमितको मृत्यु

९ जेठ २०७८ कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक÷एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

“कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भन्नुभयो, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुई/दुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उहाँको अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

आज कर्णालीमा ५१० व्यक्तिले कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामो सङ्क्रमण पुष्टि भएको बताईएको छ । निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *