Main News

ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन

हिमालय टिभी
२०७८ जेठ ९ गते १८:४९
ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन

९ जेठ २०७८ काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानविपरीत रहेको भन्दै रिट दायर गर्नु भएको हो ।

बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने रिटमा जिकिर गरिएको छ । रिट दर्ताका लागि भोलि बिहान ११ बजे बोलाइएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *