Main News

जनतालाई कोरोनाविरुद्धको खोप र अक्सिजन छैन, ४० अर्ब खर्च गरेर मध्यावधि चुनाव

हिमालय टिभी
२०७८ जेठ ९ गते ७:४५
जनतालाई कोरोनाविरुद्धको खोप र अक्सिजन छैन, ४० अर्ब खर्च गरेर मध्यावधि चुनाव

९ जेठ २०७८ काठमाडौं । कोरोना भाइरसको महामारीमा नागरिकको जीवन रक्षामा गैर जिम्मेवार देखिएको सरकार करिब ४० अर्ब खर्च गरेर मध्यावधि चुनाव गर्न तयार देखिएको छ ।

वैकल्पिक सरकार निर्माणमा अवरोध गर्न, प्रतिनिधिसभा विघटन गर्न, मध्यावधि निर्वाचन गर्न र देशको ढुकुटीबाट ४० अर्ब रुपैयाँ खर्च गर्न नेपाल सरकार प्रतिबद्ध देखिएको हो ।

चुनावको तयारी बारे हिजो निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नु भएको छ । उहाँले चुनावका लागि स्रोत र साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

खोप, अक्सिजन, भेन्टिलेटर र पिपिई, तथा मास्कका लागि पर्याप्त बजेट नभएर अनुदानका लागि याचना गरिरहेको सरकार मध्यावधि चुनावका लागि पर्याप्त रकम खर्च गर्न तयार भएको हो ।

नेपाल सरकार चुनावको तयारीमा लागेका वेला संयुक्त राष्ट्रसंघले भने आगामी दिन नेपालका लागि संकटपूर्ण रहेको भन्दै सहयोगका लागि समन्वय अघि बढाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले महामारीबाट नेपाली समाजका सबैभन्दा गरिब र सीमान्तकृत व्यक्ति बढी प्रभावित भएको भन्दै उनीहरूको जीवन रक्षाका गर्न र अनावश्यक पीडा निवारण गर्न तत्काल कदम चाल्नुपर्ने अवस्था आएको बताएकी छिन् ।

नेपालमा महामारी व्यापक भए पनि परीक्षण पर्याप्त नभएकोमा राष्ट्रसंघको आवासीय कार्यालयले चिन्ता व्यक्त गरेको छ । ‘

नेपालमा कोभिड– १९ परीक्षणमा ४५ प्रतिशतभन्दा बढी पोजिटिभ परिणाम आइरहेको र यसले संक्रमणको दर सार्वजनिक भएभन्दा बढी रहेकोतर्फ राष्ट्रसंघले संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *