Main News

नेपालमा थप १२९ कोरोना संक्रमितको मृत्यु, ८ हजार ९ सय ८० संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ ८ गते १७:१२
नेपालमा थप १२९ कोरोना संक्रमितको मृत्यु, ८ हजार ९ सय ८० संक्रमित थपिए

८ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । पछिल्लो पटक ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२० हजार १ सय ५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा परीक्षणबाट झण्डै ९ हजार संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । १९ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षणमा ८ हजार ५ सय ९१ र ७ सय ४८ जनाको एन्टिजेनबाट परीक्षण गर्दा ३ सय ८९ संक्रमित थपिएका हुन ।

उपत्यकामा भने संक्रमित कम हुँदै गएका छन् । पछिल्लो दुई हप्ता भन्दा धेरै ३ हजार भन्दा धेरै संक्रमित भेटिने गरेको उपत्यकामा अहिले २ हजारमा झरेको छ । आज काठमाडौंमा १ हजार ८ सय ११, ललितपुरमा ३ सय २८ र भक्तपुरमा १ सय ७९ संक्रमित थपिए ।

उपत्यका बाहिर कैलालीमा ६ सय ६१ काभ्रेमा ५ सय २५ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुर्खेतमा ३ सय ५३, झापामा ३ सय ४४, मोरङमा ३ सय २५ संक्रमित थपिएका छन् ।

आज २५ वटा जिल्लामा १ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज बागमती प्रदेशमा ३ हजार ८ सय ७३ संक्रमित थपिँदा प्रदेश १ मा ११ सय ४ लुम्बिनीमा १ हजार ३२ सुदूरपश्चिम प्रदेशमा १ हजार २३ र कर्नालीमा ६ सय १६ जनामा संक्रमण देखियो ।

यसै गरी प्रदेश २ मा ५ सय ७४ र गण्डकी प्रदेशमा सबै भन्दा कम ३ सय ६९ जनामा संक्रमण देखिएको छ । आज सम्म देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन् । ती मध्ये एक लाख भन्दा माथि होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक संक्रमणबाट थप १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । पछिल्लो पटक ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन ।

संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ८३ हजार ६ सय ४८ रहेको छ । हाल देशभरका अस्पतालमा १७ सय ३२ जनाको आइसीयू र ५ सय २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर हाल २ हजार २ सय ५५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय ३२ आइसीयू र ५२३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २ हजार २ सय २७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *