राजनीति

संसद विघटनको छैटौं शृङ्खला, अदालतले कहिले कस्तो आदेश दियो ?

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:४६
संसद विघटनको छैटौं शृङ्खला, अदालतले कहिले कस्तो आदेश दियो ?

८ जेठ २०७८ काठमाडौं । नेपालको संसदीय इतिहासमा विघटनको शृङ्खला यो छैटौँ हो। जसमा सबैभन्दा बढी एमाले नेतृत्वको सरकारको पालामा भएका छन्। ओलीकै पालामा दुई पटक सभा विघटन भयो ।

नेपालमा २०५१ साल असार २६ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरिएको थियो। नेपाली कांग्रेसबाट प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सत्तारुढ दलभित्रै आन्तिरक कलहका कारण धन्यवाद प्रस्ताव असफल भएपछि प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो।

यस्तै, नेकपा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले २०५२ साल जेठ २६ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भएपछि उहाँले विघटन गर्नु भएको थियो ।

उक्त विघटनविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चमा प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइदिएको थियो। त्यसपछि प्रतिनिधिसभा पुनस्थापना भएको थियो।

तेस्रोपटक २०५४ साल पुस २४ मा प्रधानमन्त्री सूर्यबहादुर थापाले अविश्वासको प्रस्ताव सामाना गर्नुपर्ने भएकाले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । सर्वोच्चले त्यसविरुद्ध परेको रिटमा समावेदन बमोजिम अधिवेशन आह्वान गर्नुपर्ने फैसला गरेको थियो।

त्यस्तै, चौथो पटक नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रतिनिधसभा विघटन गर्नु भएको थियो । उहाँले पनि पार्टीको आन्तरिक कारणले विध्वंसात्मक कार्य नियन्त्रण अधयादेश पारित हुने सम्भावना पछि २०५९ साल जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । त्यसविरुद्ध परेको रिटलाई सर्वोच्चले खारेज गरेको थियो।

यसअघि पाँचौँ पटक ओलीले नै पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गर्नु भयो। विघटन सदर भए पनि अदालतले बदर गरिदियो। सोही प्रतिनिधिसभालाई तीन महिना लगत्तै ओलीले पुनः विघटनको सिफारिस गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्