Main News
जेठ २० गतेभित्र सबै परीक्षा लिइसक्न काठमाडौं महानगरको निर्देशन
२०७८ जेठ २ गते १७:२२
२ जेठ २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयले जेठ २० गतेभित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले काठमाडौँ महानगरभित्रका सबै विद्यालयलाई शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम उपयुक्त मूल्यांकन प्रक्रिया अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर परीक्षा लिन निर्देशन दिएको हो ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको निर्देशनात्मक पत्रमा जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिइएको छ ।
महानगरले कक्षा आठको नगरस्तरीय परीक्षाको विषयमा छिटै सूचना जारी गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया