प्रधाानमन्त्री ओलीद्वारा तेस्रो कार्यकालका लागि शपथ, मन्त्रीहरुलाई पुरानै जिम्मेवारी
३१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि तेस्रो कार्यकालका लागि शपथ लिनुभएको छ ।
शीतल निवासमा एक समारोहकाबीच राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभयो ।
संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत विपक्षी दलले गठबन्धन सरकार बनाउन नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई उपधारा ३ अन्तर्गत हिजो प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीलाई नयाँ मन्त्रिपरिषदमा राख्नुभएको छ । पहिले सम्हालिरहेको मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आजै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा आएपछि मन्त्रिमण्डल पूनर्गठन हुनेछ । जसपाले आप्ना केही माग पुरा भएपछि सरकारमा जाने बताएको छ । यसबारे आज प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच छलफल समेत भएको छ ।
प्रतिक्रिया