आज पनि देशका अधिकांश भूभागमा मौसम बदली हुने

२९ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ ।
बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । विभागले आज बिहान मौसमसम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भएको बताएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको बुलेटिनमा उल्लेख छ ।
यस्तै आज राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया