Main News

विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपाका दुई अध्यक्ष विभाजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १७:२२
विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपाका दुई अध्यक्ष विभाजित (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको प्रस्तावमाथि विभाजित भएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभएको छ । उहाँले विश्वासको मतको विपक्षमा मत हाल्ने समेत बताउनुभयो ।

अर्का अध्यक्ष महन्थ ठाकुरले भने प्रधानमन्त्री ओलीले आफ्ना केही माग पुरा गर्न थालेकाले अहिले तटस्थ बस्ने बताउनुभयो । प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक देखिएका अध्यक्ष यादवले संविधान संशोधनको विरोध गरेको, मधेसी जनताको विपक्षमा काम गरेको, आन्दोलनका बेला केही आप झरे भनेर व्यङ्ग गरेको जस्ता आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले आफैले असंवैधानिक तरिकाले विघटन गरेको संसदमा अहिले विश्वास माग्न आउदा कसरी मत दिने भनेर अध्यक्ष यादवले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओली संघीयता र समानुपातिकरसमावेशिताको विरोधी रहेको भन्दै यादवले संघीय गणतन्त्रलाई पनि धरापमा पार्न लागेकाले समर्थन जनाउन नसकिने बताउनुभयो ।

अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफ्ना माग अझै सम्वोधन नभएको भन्दै कुनै पनि पक्षमा नलाग्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न वा तटस्थ रहन छाड्दिने निर्णय गरेको छ । सोही अनुसार दुई अध्यक्षले फरक फरक धारणा राखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *