Main News

गण्डकीमा विपक्षी दलहरु बहुमत सदस्यको हस्ताक्षर बुझाउने तयारीमा

हिमालय टिभी
२०७८ वैशाख २६ गते १९:१२
गण्डकीमा विपक्षी दलहरु बहुमत सदस्यको हस्ताक्षर बुझाउने तयारीमा

२६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गर्न एक जुट भएका दलले भोलि प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाउने भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता नेता कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश प्रमुखले तोकेकै समयमा नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने बताउनुभयो ।

नेपालीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गर्नुभयो । कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर दर्ता गरेका थिए ।

गण्डकीको ६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *