Main News

कोरोना संक्रमण नियन्त्रणका लागि कर्णालीमा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त

हिमालय टिभी
२०७८ वैशाख २५ गते ८:१२
कोरोना संक्रमण नियन्त्रणका लागि कर्णालीमा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त

२५ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेशमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी नियुक्त गरिएको छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले एक सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो।

जसमध्ये स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना नियुक्त भएका हुन्।

करार सेवामा नियुक्त भएका सबैलाई ५ दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ। नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई जिल्लामा संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा दश वटै जिल्लामा खटाइएको छ।

दिनप्रतिदिन संक्रमण फैलिदै जाँदा स्वास्थ्यकर्मीको अभाव चुलिएपछि करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको हो। हाल प्रदेशभर एक चौथाइ कर्मचारी मात्रै छन् ।

महामारी नियन्त्रणका लागि यो जनशक्ति निकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले बताउनुभयो । नियुक्त भएका सबै स्वास्थ्यकर्मी पाँचौँ तहका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *