Main News

रोग प्रतिरोधात्मक क्षमता बढाउन के कस्ता खाने कुरा खाने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते १४:३६
रोग प्रतिरोधात्मक क्षमता बढाउन के कस्ता खाने कुरा खाने ? (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने हो भने कुनै पनि रोगलाई शरीरले जित्न सक्छ । कोरोना संक्रमणबाट जोगिन र संक्रमण भइहालेमा पनि कोरोनासँग जुध्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन के कस्ता खाने कुरा खाने त ?

कुनै पनि रोगलाई औषधिले भन्दा पनि शरीरको रोग प्रतिरोधात्मक क्षमताले जित्नेगर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता छ भने कुनै कुनै रोग औषधि नै नखाएर पनि सहजै निको हुन्छन् । स्वस्थ व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ । र त्यस्तो क्षमता बढाउन खानपिनमा ध्यान दिनुपर्छ ।

शरीरलाई विभिन्न प्रकारका पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्तै एउटा तत्व हो प्रोटिन । रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिनयुक्त खानेकुरा प्रसस्तै खानुपर्ने हुन्छ ।

भिटामिन डी पनि शरीरलाई आवश्यक हुने अर्को तत्व हो । भिटामिन डी पनि शरीरलाई आवश्यक हुन्छ ।

जिंक पनि शरीरमा आवश्यक पर्छ । जिंक प्राप्त हुने खानेकुरा खाँदा पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

घरमै भएको कोदो मकै, गहूँबाट बनेका खानेकुराले पनि शरीरमा शक्ति दिन्छ । आफ्नो घरमा बनेका खानेकुरालाई मात्रा मिलाएर खाने र भोको नबस्ने हो भने कुनै पनि रोगलाई जित्न सहयोग मिल्ने पोषणविद्हरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *