Main News

उद्योग र घरमा राखिएका ६ हजार ४ सय ८४ थान अक्सिजन सिलिण्डर जफत

हिमालय टिभी
२०७८ वैशाख २४ गते १३:२७
उद्योग र घरमा राखिएका ६ हजार ४ सय ८४ थान अक्सिजन सिलिण्डर जफत

२४ वैशाख २०७८ पोखरा । उपचारबाहेकका प्रायोजनामा घर र विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ ।

केही उद्योगी, व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामदसमेत गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका काममा सिलिण्डर नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।

त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको थियो ।

समितिका संयोजक सह–सचिव जनकराज दाहालका अनुसार उद्योग मन्त्रालयमार्फत एक हजार १३४ र नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३५० गरी जम्मा ६ हजार ४८४ अक्सिजन सिलिण्डर संकलन भएको छ ।

अझै केही व्यक्ति र उद्योगसँग सिलिण्डर भएको हुनसक्ने आशंकामा निगरानी गरिरहेको गृह मन्त्रालयले जनाएकव छ ।

अब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ सय, नेपाल मेडिकल कलेजमा १५०, वीर अस्पतालमा ३ सय, किस्ट अस्पतालमा एक सय, महेन्द्र निधि अस्पतालमा ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ सय ३०, भक्तपुर अस्पतालमा एक सय र सिभिल अस्पतालमा २ सय सिलिण्डर दिइने छ ।

यस्तै समिट अस्पतालमा ४५, काठमाडौं मेडिकल कलेजमा ४ सय, पाटन अस्पतालमा २ सय, सशस्त्र प्रहरी अस्पतालमा ३ सय, नेपाल प्रहरी अस्पतालमा २ सय, पिपुल्स डेन्टर कलेजमा १ सय, लुम्बिनी प्रादेशिक अस्पतालमा एक हजार र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा ३ सय सिलिण्डर दिने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *