Main News

अस्पतालहरुले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते ६:३७
अस्पतालहरुले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएपछि…(भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ धनगढी । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुले बिरामीको चाप थेग्न सक्ने अवस्था छैन । धनगढीको सेती प्रादेशिक अस्पतालको हालत पनि यस्तै बनेको छ ।

सेती प्रादेशिक अस्पतालमा ५० बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ । तर उहाँ कोरोना संक्रमितको चाप थामिनसक्नु हुँदै गएको छ । अस्पतालका खाली ठाउँ सबै संक्रमितले भरिएका छन् । कोही अस्पतालको टेबलमा अक्सिजन लगाएर बसेका छन् भने कोही, अस्पतालको स्टेचर राख्ने खाली ठाउँमा अक्सिजन लगाएर उपचार गराइरहेका छन् ।

यति मात्रै होइन । कतिपय अक्सिजन मुखमा लगाएरै उभिएका छन् । कोरोना संक्रमितको भार अस्पतालले थेक्न सक्ने अवस्था छैन । भित्र अस्पतालका बेडमा छट्पटाइरहेकाहरुको दुख उस्तै छ । यता बाहिर बेड नै नपाएर भुइँमै पल्टिएका बिरामीको अवस्था झनै दर्दनाक छ । अनि आफन्त बेड पाउने आशामा भौतारिनुको विकल्प छैन ।

अस्पतालको कुनै पनि ठाउँ खाली छैन । त्यसैले अस्पताल पुगेका बिरामी अक्सिजनको सिलिन्डर लिएर, अस्पताल बाहिर नै उपचार पाउने आशमा बस्न बाध्य छन् । बेडको साटो, उनीहरु अस्पतालको चिसो पेटीमा गलेको ज्यान लिएर ढलेका छन् । उपचारको राम्रो व्यवस्था नहुँदा उनीहरु निराश छन् । बाहिर बेडको पखाईमा अक्सिजन लिएर बसेकाहरु लाश आँखै अगाडिबाट लगिँदा मनोबल गिर्छ ।

अस्पतालमा बिरामीको चाप थेग्न सक्ने अवस्था छैन । तर पनि कोरोना संक्रमित बिरामी आएको आएकै गर्छन् । जस्ले गर्दा अस्पताल अन्योलमा छ ।

कोरोना संक्रमण देखिएका अधिकांश व्यक्तिमा ज्वरो आउने, जिउ दुख्ने कमजोर महशुस हुने, वान्ता आउने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने गर्छ ।

यतिबेला उनीहरुको शरीर कमजोर हुन्छ ।उनीहरुले यस्तो अवस्थामा चिकित्सकको स्याहारसुसार र उपचार राम्रोसँग पाउने हो भने कोरोनालाई जित्ने आत्मबल प्राप्त हुन्छ । तर अस्पतालहरुको अवस्था ठ्याक्कै उल्टो छ ।

जस्ले गर्दा उपचार पाउन अस्पताल पुगेका विरामीको, अस्पतालको अवस्था देखेरै मनोबल गिरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *