Main News

थप कडा भयो उपत्यकाको निषेधाज्ञा, पसल ९ बजेसम्म मात्र खोल्न पाइने

हिमालय टिभी
२०७८ वैशाख २१ गते १६:५१
थप कडा भयो उपत्यकाको निषेधाज्ञा, पसल ९ बजेसम्म मात्र खोल्न पाइने

२१ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा बनाइएको छ । उपत्यकामा हालसम्म जारी भएका सबै पास खारेज हुने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएको १६ गतेदेखि २१ गतेसम्म जारी भएका पास खारेज गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जनाकारी दिनुभयो ।

बैठकले अति आवश्यक अवस्थामाबाहेक जिल्ला प्रशासन कार्यालयबाट पास जारी नगर्ने निर्णयसमेत गरेको छ । बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरि सहयोग गर्न तयार सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पुर्ण पालना गर्न सबैमा अपिल गर्नुभयो ।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गरि गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिईएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतलाई पासको व्यवस्था गरि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *