प्रधानमन्त्री निरंकुशता लाद्ने प्रयासमा लागेको निवर्तमान प्रदेश प्रमुख शेरचनको आरोप (भिडियो रिपोर्टसहित)
२१ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले आफूलाई के कारणले हटाएको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्नु भएको छ।
आज पोखरामा पत्रकार सम्मेलन गरी शेरचनले कुनै गल्ती नगर्दा पनि किन हटाएको हो भनेर प्रश्न गर्नुभएको हो । राजीनामा मागेर छोड्ने मौकासमेत नदिइएको उहाँको गुनासो छ ।
आफूलाई हटाइएको विषयलाई शेरचनले प्रधानमन्त्री ओलीको निरंकुशता भनेर व्याख्या गर्नुभयो । राजनीतिक प्रतिशोधभन्दा पनि निरंकुशतातर्फको यात्राका कारण हटाइएको शेरचनको तर्क छ ।
आफू नचाहँदानचाहँदै पदमा आएको भन्दै पदमुक्त गरिएकोमा धन्यवाद दिनुभयो ।
सरकारले हिजो माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट हटार एमाले नेता सीता पौडेललाई नियुक्त गरेको छ ।
आफू पदमुक्त भएको जानकारी मिडियामार्फत पाएको बताउँदै शेरचनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको बताउनुभयो ।
प्रतिक्रिया