Main News

बाँकेमा कोरोनाबाट हुने मृत्यु ह्वात्तै बढ्यो, शव व्यवस्थापनमा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते १३:१२
बाँकेमा कोरोनाबाट हुने मृत्यु ह्वात्तै बढ्यो, शव व्यवस्थापनमा समस्या (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । कोरोनाको संक्रमण तिब्र बढेसँगै बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्युदर पनि ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा दैनिक १० देखि १२ जनाको मृत्यु हुने गरेको छ ।

वैशाख १ गतेदेखि हिजोसम्म कोरोना संक्रमणबाट बाँकेका अस्पतालहरुमा मात्रै १ सय १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्लाका ८१ जना र अन्य जिल्लाबाट बाँकेका अस्पतालहरुमा उपचारका लागि आएका ३१ जना छन ।

२० दिनको अबधिमा बाँकेका अस्पतालहरुमा ४६ जना महिला र ६६ जना पुरुषको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा दैनिक ५ सयको हाराहारीमा संक्रमण हुने गरे पनि डिस्चार्ज हुनेको संख्या भने संक्रमितको तुलनामा आधा मात्र छ ।

बाँकेमा हिजोसम्म सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७० पुगेको छ । तीमध्ये ४ सय ८७ जना अस्पताल तथा आइसोलेशन सेन्टरमा भर्ना भएका छन् ।

भर्ना भएकामध्ये १ सयभन्दा बढी सिकिस्त छन् । ९ जनालाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ । संक्रमण तिब्र गतिमा फैलिएर बिरामीको संख्या बढ्दै गएका कारण मृत्यु दर पनि बढ्दै गएको हो ।

संक्रमितहरुको मृत्यु हुने संख्या बढेसँगै नेपाली सेनालाई शव व्यवस्थापन गर्न पनि हम्मेहम्मे पर्न थालेको छ । शव व्यवस्थापनका लागि बाँकेमा एउटा मात्रै शव बाहन छ ।

कोरोना संक्रमितको नेपालगन्जको भेरी र मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार हुने गरेको छ । पछिल्ल्ला दिनहरुमा दैनिक १२ जनासम्मको मृत्यु हुन थालेपछि मृतकका पायक पर्ने स्थानमा शव पुराउन नेपाली सेनाकाको शव व्यवस्थापन टोलीलाई भ्याइनभ्याई भएको छ ।

संक्रमितको मृत्युदर बढेसँगै मृतकका आफन्तले धर्म संस्कृति अनुसार शवको दाहासंस्कार गर्न समेत नसक्ने अवस्था उत्पन्न हुँदै गएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *