Main News

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप कडा पारिने

हिमालय टिभी
२०७८ वैशाख २० गते ७:५९
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप कडा पारिने

२० वैशाख २०७८ काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज बस्दैछ ।

निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खाद्यान्न पसल पनि बिहान मात्र खोल्न दिने विषयमा छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छैन । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी गरिएको छ ।

एक चौथाइ कार्यालय मात्र खेलेर सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न दिने तयारी भएको छ । अत्यावश्यक बाहेकका हाल चालु रहेका केही कार्यालय बन्द गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एक साताको निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद्ले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *