Main News

स्वास्थ्य प्रणालीले थेग्न सक्ने अवस्था नरहेकाले सुरक्षित रहन सरकारको आग्रह

हिमालय टिभी
२०७८ वैशाख १७ गते १६:४३
स्वास्थ्य प्रणालीले थेग्न सक्ने अवस्था नरहेकाले सुरक्षित रहन सरकारको आग्रह

१७ वैशाख २०७८ काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ ।

यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कही कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनु हुन पनि अपील गरिएको छ ।

कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी भएको मन्त्रलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *