Main News

थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १५ गते १७:१८
थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

१५ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो पटक झण्डै ४९ सय संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ नमूनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ४७ सय ७४ जना र ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २३ जना गरी ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै २ हजार भन्दा बढी छन् । काठमाडौँमा १४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट भेटिएका कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ ।

तिमध्ये आइसीयूमा ३ सय १७ र भेन्टीलेटरमा ९८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या ३२ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *