Main News

काठमाडौंसहित देशका विभिन्न १२ जिल्लामा निषेधाज्ञा जारी, कुन जिल्लामा कहिलेदेखि कहिलेसम्म ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १७:१०
काठमाडौंसहित देशका विभिन्न १२ जिल्लामा निषेधाज्ञा जारी, कुन जिल्लामा कहिलेदेखि कहिलेसम्म ? (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले देशका विभिन्न १२ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

कैलाली र बाँकेमा निषेधाज्ञा लागू भैसकेको छ भने कास्कीमा भोलिदेखि शुरु हुनेछ । अरु ९ जिल्लामा पर्सिदेखि लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारीले देशभरका ९ वटा जिल्लामा पूर्ण रुपमा लकडाउन र तीन जिल्लाले आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, कैलाली, पर्सा, कास्की, सुर्खेत, बाँके र कैलालीमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको छ । बाग्लुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार बिहानदेखि पूर्ण रुपमा १५ दिन निषेधाज्ञा जारी गरिएको छ । उपत्यका बाहिर बाँकेमा हिजोदेखि पूर्णरुपमा निषेधाज्ञा लागू भैसकेको छ । ।

यसैगरी कैलालीमा आजदेखि वैशाख भर अर्थात् ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । त्यस्तै पर्सामा पर्सिदेखि एक हप्ता अर्थात् २१ गते सम्म कास्कीमा भोलिदेखि २१ गते सम्म निषेधाज्ञा छ ।

दाङमा वैशाख १७ गतेदेखि ९ दिन निषेधाज्ञा घोषणा गरिएको छ । त्यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

सीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *