Main News

सरकारी निर्णय अवज्ञा गर्ने ९ वटा निजी विद्यालयको सञ्चालक पक्राउ

हिमालय टिभी
२०७८ वैशाख १३ गते १३:०८
सरकारी निर्णय अवज्ञा गर्ने ९ वटा निजी विद्यालयको सञ्चालक पक्राउ

१३ वैशाख २०७८ सप्तरी । सरकारी निर्णय अवज्ञा गरी विद्यालय खोल्ने सप्तरीका ९ वटा निजी विद्यालयका ११ जना सञ्चालकलाई प्रहरीले पक्रेको छ ।

सरकारको निर्देशन उल्लंघन गरी विद्यालय सञ्चालन गरेको पाइएपछि ९ वटा विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै ११ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र संक्रामक रोग ऐन अनुसार कारबाहीको तयारी भैरहेको पनि पोखरेलले जानकारी दिनुभयो ।

सरकारले सदरमुकामका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर उनीहरुले पटक–पटक सम्झाउँदा पनि विद्यालय खोलेपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *