Main News

त्रिविले आजका लागि तय गरेको परीक्षा कायमै

हिमालय टिभी
२०७८ वैशाख १३ गते ७:४४
त्रिविले आजका लागि तय गरेको परीक्षा कायमै

१३ वैशाख २०७८ काठमाडौं । सरकारले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने आजको परीक्षा कायमै हुने जानकारी दिएको छ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजका लागि तय भएका परीक्षा यथावत राख्ने निर्णय भएको हो ।

बिहान ७ बजेदेखि नै परीक्षा भएकाले रोक्न सक्ने अवस्था नरहेको जोशीले जानकारी दिनुभयो । आजका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजकोको परीक्षा सुचारु राख्ने निर्णय भएको हो ।

निषेधाज्ञा लागेमा के गर्ने र अबका परीक्षा के गर्ने भन्नेबारे आज दिउँसो बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *