Main News

कोरोनाले देश आक्रान्त, नियन्त्रणका लागि यस्तो छ चिकित्सकहरुको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते २०:४४
कोरोनाले देश आक्रान्त, नियन्त्रणका लागि यस्तो छ चिकित्सकहरुको सुझाव (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त छ । पूर्वतयारी कमजोर हुँदा, संक्रमितहरुको व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन । यो अवस्थालाई नियन्त्रित बनाउन अब के गर्नुपर्ला ? यस्तो छ चिकित्सक र विज्ञको सुझाव–

कोरोना संक्रमण बढेसँगै अस्पतालमा आइसीयु भरिँदैछन् । संक्रमितका आफन्तले बेड खोज्दाखोज्दै, समयमै उपचार नपाएर संक्रमितले ज्यानै गुमाउने अवस्ठा आएको छ । अवस्था नियन्त्रण बाहिर जाने हो कि भन्ने चिकित्सकलाई चिन्ता छ । समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिने गरी तुरुन्तै काम थाल्न उनीहरुको सरकारलाई आग्रह छ ।

कोरोनाका कारण हुने मृत्यु दर १ दशमलव १ प्रतिशत पुगेको छ । पहिलो लहरमा मृत्यु दर शुन्य दशमलव शुन्य पाँच प्रतिशत मात्रै थियो । यसले पनि अहिलेको अवस्था कस्तो छ भन्ने स्पष्ट हुन्छ । तर कोरोना संक्रमण नियन्त्रणका लागि गर्नूपर्ने तयारी भने फितलो छ ।

अब संघीय सरकार नै सक्रिय भएर लाग्नु पर्ने अवस्था आइसकेको चिकित्सकको बुझाइ छ । र, यसमा उनीहरुले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् ।

स्थिति नियन्त्रण बाहिर भएसँगै नेपालगञ्ज, कोहलपुरमा लकडाउन भैसकेको छ । भारतमा अहिले जस्तो अवस्था छ, त्यो अवस्था नेपालमा पनि हुन्छ कि भन्ने चिन्ता छ किनकी सीमा खुल्ला छ । अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेको छ । त्यसैले अब बिरामीको वर्गीकरण गरी उपचार गर्ने संयन्त्र बढाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

कोरोनाको पहिलो लहरपछि अस्पतालका बेड, भेन्टिलेटर, अक्सिजनको व्यवस्थापन जुन किसिमले गर्नूपर्थ्यो। त्यसमा सरकारको ध्यान कम नै गयो । जस्को परिणाम अहिले अवस्था जटिल बनेको छ । त्यसैले विरामीलाई आइसियूमा लैजानुपर्ने अवस्था आउन नदिन अब छिट्टै काम गरिहाल्नु पर्छ । किनभने भेन्टिलेटर र अक्सिजनको मात्रै होइन, आइसीयूमा पनि जनशक्तिको कमी छ ।

कोरोना कहर डरलाग्दो भैसकेको छ । अस्पतालका बेडमा बिरामीको संख्या बढिरहँदा चिकित्सकनै चिन्तित छन् । संक्रमित बेड पाउन हारगुहार गरिरहेका छन् । अब पनि सरकार गम्भिर नहुने हो, भने भारतकै जस्तो अवस्था आउने दिन नजिकै भएको चिकित्सकहरु बताउँछन । त्यसैले अवस्था बिग्रिन नदिन तत्काल चिकित्सकको सुझाव अनुसार काम गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *