Main News

चन्द्रबहादुर खड्कालाई राष्ट्रियसभा सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

हिमालय टिभी
२०७८ वैशाख १० गते १९:०१
चन्द्रबहादुर खड्कालाई राष्ट्रियसभा सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

१० वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएको छ ।

माओवादी केन्द्रले खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खडकाले पार्टी त्याग गरेको पत्र सचिवालयमा आएको जानकारी दिनुभयो ।

खड्का माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुभएको थियो । माओवादीले कारवाही गरेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले खड्कालाई अर्घाखाँची जिल्लाको पार्टी ईञ्चार्ज बनाउनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्षले सूचना निकालेसँगै उहाँको पद रिक्त हुनेछ । खडका माओवादी छाडेर एमालेमा प्रवेश गर्नुभएको थियो ।

यसअघि माओवादी केन्द्र छाडेका रामबहादुर थापाको पद पनि रिक्त भएको थियो । थापाको स्थानमा जेठ ६ गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *