Main News

नेपालगञ्जमा अक्सिजनको चरम अभाव, भारतले किन रोक्यो आपुर्ति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते ६:४५
नेपालगञ्जमा अक्सिजनको चरम अभाव, भारतले किन रोक्यो आपुर्ति ? (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ नेपालगञ्ज । भारतले कोरोनाका सिकिस्त बिरामीका लागि अत्यावस्यक अक्सिजन ग्यासको आपुर्ति रोकेको छ । आपुर्ति रोकिएपछि नेपालगञ्ज लगायतका सिमावर्ती क्षेत्रमा अक्सिजन अभाव भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा मात्रै दैनिक २ सय सिलिन्डर अक्सिजन खपत भइरहेको छ । सिकिस्त बिरामी बढेपछि अक्सिजनको माग पनि बढेको छ । तर भारतको गाजियाबाद र पश्चिम बंगालको जमसेदपुरबाट आयात हुँदै आएको अक्सिजन अहिले रोकिएको व्यवसायीहरुले बताएका छन् ।

भारतबाट नेपालगन्जका ग्यास उद्यमीले मात्रै मासिक १५ टन अक्सिजन आयात गर्दै आएका थिए । अक्सिजन उत्पादन र आपुर्ति गर्ने कम्पनीले भारत मै अभाव भएकाले अबदेखि दिन नसक्ने भन्दै म्यासेज पठाइरहेका छन् ।

भारतबाट आपुर्ति रोकिएपछि नेपाली उद्योगलाई माग अनुसारको ग्यास उत्पादन गरेर अस्पताल पुर्या उन हम्मे हम्मे पर्न थालेको छ । ग्यास उद्योगले पर्याप्त आपूर्ति नगर्दा अस्पतालको कोरोना वार्डमा भर्ना भएका सिकिस्त बिरामीलाई अक्सिजन पुर्यााउन समस्या भएको छ ।

कोरोना संक्रमितको उपचारमा अक्सिजन थेरापी निक्कै प्रभावकारी देखिएको छ । समय मै पर्याप्त मात्रामा अक्सिजन दिन सके बिरामीलाई बचाउन सकिन्छ । पछिल्ला दिन बिरामीको चाप बढेको छ । र अक्सिजनको खपत पनि बढेको छ ।

अक्सिजनको खपत अत्याधिक बढे पनि भेरी अस्पतालको आफ्नै प्लान्ट छैन् । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि अस्पतालमा अक्सिजनको अभाव छ । अक्सिजन नपाएर धेरै विरामीको ज्यान गइरहेको छ ।

भारतले आपुर्ति बन्द गरेकाले नेपालमा पनि अक्सिजनको अभाव हुनसक्नेतर्फ सरोकारवालाले ध्यान दिनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *