Main News

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

हिमालय टिभी
२०७८ वैशाख ६ गते ९:०५
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

६ वैशाख २०७८ काठमडौं। आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकको अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित हुने भएको हो । अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *