Main News

कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीलाई आज सपथ खुवाइँदै

हिमालय टिभी
२०७८ वैशाख ५ गते ९:५७
कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीलाई आज सपथ खुवाइँदै

५ वैशाख २०७८ काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई आज पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ ।

कर्णाली सरकार जोगाउन पार्टीको ह्विप उल्लंघन गर्द मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पतदान गरेका तीन जनालाई हिजो मन्त्रीमा नियुक्ति गरिएको थियो ।

एमालेका सांसद नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले हिजो बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको थियो ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए । थापा र शाही पहिलोपटक मन्त्री बनेका हुन् भने बुढा पहिले पनि मन्त्री हुनुहुन्थ्यो ।

पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वालालाई भने मन्त्री बनाइएको छैन । ज्वालालाई पनि उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *