Main News

आज पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने पूर्वानुमान

हिमालय टिभी
२०७८ वैशाख ५ गते ९:२१
आज पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने पूर्वानुमान

५ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ ।

केही दिनदेखि जारी हावाहुरी, असिनासहितको वर्षा अझै केहीदिन रहने विभागले जनाएको हो । विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका केही पहाडी भू–भागमा अपराह्नतिर मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *