Main News

प्रधानमन्त्रीद्वारा कोभिड–१९ रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रह

हिमालय टिभी
२०७८ वैशाख ४ गते १३:४१
प्रधानमन्त्रीद्वारा कोभिड–१९  रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रह

४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभयो । “बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ । बैठकमा नेकपा ९माओवादी केन्द्र० का कोही पनि नेता सहभागी भएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *