Main News

४० देखि ५९ वर्षसम्मका नागरिकलार्ई चिनियाँ खोप लगाउन शुरु

हिमालय टिभी
२०७७ चैत ३१ गते १६:०८
४० देखि ५९ वर्षसम्मका नागरिकलार्ई चिनियाँ खोप लगाउन शुरु

३१ चैत २०७७ काठमाडौं । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई आजदेखि लगाउन शुरु गरिएको छ ।

आजदेखि बैशाख ५ गतेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका पेशागत नागरिकलाई मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।

आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने भएका हुन् । यो उमेर समूहका ४१ हजार पेशागत नागरिकले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।

सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ । चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ ।

पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ । सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो बैशाख ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *