राजनीति

आफूसँग बहुमत रहेकाले राजीनामा नदिने प्रधानमन्त्री ओलीको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १९:१०
आफूसँग बहुमत रहेकाले राजीनामा नदिने प्रधानमन्त्री ओलीको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत रहेकाले राजीनामा नदिने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रले राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउनुभएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएर हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको पनि बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध निकै आक्रामक ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले प्रचण्ड देश र लोकतन्त्र विरोधी भएको आरोप पनि लगाउनुभयो ।

आफूलाई हटाउन अहिले प्रधानमन्त्री बनाउनका लागि कांग्रेस र जसपाका नेताहरुसँग गुहार माग्ने काम भैरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई अघि बढाउने आफ्नो प्रयासमा अवरोध सिर्जना गरिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्