Main News

भेरी अस्पतालमा भर्ना भएका ४९ जना कोरोना संक्रमितमध्ये २७ जनाको अवस्था गम्भीर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १०:५२
भेरी अस्पतालमा भर्ना भएका ४९ जना कोरोना संक्रमितमध्ये २७ जनाको अवस्था गम्भीर (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ बाँके । नेपालगन्जको भेरी अस्पताल कोरोना संक्रमितले भरिन थालेको छ । अस्पतालमा भर्ना भएका मध्ये आधा भन्दा बढी सिकिस्त छन् ।

अस्पताल भर्ना भएका ४९ जना बिरामीमध्ये २७ जना गम्भीर रहेको चिकित्सकले बताएका छन् । यो संख्या भर्ना बिरामीको ५५ प्रतिशत हो । अवस्था नाजुक भए पछि ३ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

अस्पतालको इमरजेन्सी वार्डमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको भिड लाग्ने गरेको छ । १६ बेडको इमरजेन्सी वार्डमा चाप बढेपछि स्टे्चर र गल्लीमा राखेर उपचार गर्न थालिएको छ ।

पछिल्ला दिनमा भेरी अस्पतालको इमरजेन्सी वार्डमा दैनिक ५० देखि ६० जना सम्म कोरोनाका शंकास्पद बिरामी आउने गरेका छन् ।

शंकास्पद बिरामीको पीसीआर परीक्षण गर्दा दैनिक ४–५ जनामा संक्रमण देखिने गरेको छ ।

बाँकेमा कोरोना संक्रमण तिब्र गतिमा फैलन थालेको छ । पछिल्ला दिनमा दैनिक २० देखि २५ जना बिरामी थपिने गरेका छन् । जिल्लामा अहिले १ सय ४९ जना संक्रमित छन् । यही गतिमा संक्रमण बढे हप्ता दश दिनमा अस्पतालमा बेड नै नपाउने स्थिति आउने चिकित्सकको आंकलन छ ।

भारतबाट नेपाल फर्कँदै गरेका र नेपालमै रहेका रुघाखोकी र ज्वरो आएका ब्यक्तिको नमूना परीक्षण गर्दा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएको देखिन्छ । पहिला अधिकांश बिरामी जेष्ठ नागरिक हुने गरेका थिए । तर पछिल्ला दिनमा युवामा पनि संक्रमण बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *