नयाँ सरकार गठनका विषयमा जसपामा शुरु भयो छलफल (भिडियो रिपोर्टसहित)
![नयाँ सरकार गठनका विषयमा जसपामा शुरु भयो छलफल (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/10/jasapa.jpg)
२९ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ ।
आज काठमाडौँमा उपलब्ध जसपा पदाधिकरीले बिहीबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ ।
वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताउनु भयो ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।
प्रतिक्रिया