कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भारका लागि एक महिना यातायात बन्द रहने
२८ चैत २०७७ मकवानपुर । कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ ।
आजदेखि आगामी वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्नेसडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिनुभयो ।
उहाँले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताउनुभयो ।
निर्देशक भण्डारीका अनुसार सम्बन्धीत यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको हिजो बसेको संयुक्त बैठकले आज हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया