Main News

वैशाख १ देखि आउँदै माई सेकेण्ड टिचर, सिकाईको यस्तो नयाँ तरिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते ६:२०
वैशाख १ देखि आउँदै माई सेकेण्ड टिचर, सिकाईको यस्तो नयाँ तरिका (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने इन्नोभेट टेकले सिकाईको नयाँ तरिका भित्र्याएको छ । माई सेकेण्ड टिचर ई लर्निङ प्ल्याटफर्म नाम दिइएको यो तरिका नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो । वैशाख १ गतेदेखि देशभरी नै उपलब्ध हुने गरी यो प्ल्याटफर्मबारे काठमाडौंमा आज कार्यक्रम गरी जानकारी दिइएको छ ।

अहिले पनि हामीले के पढ्यौ ? केका लागि पढ्यौ ? र त्यो कुरा कहाँ प्रयोग गर्न मिल्छ भन्ने अन्योलता विद्यार्थीमा हुने गरेको छ । यसको मुख्य कारण, हाम्रो शैक्षिक प्रणाली नै हो । अर्थात नेपालमा सिकाइको तरिका व्यवहारिकभन्दा पनि घोकन्ते खालको छ ।

यही समस्या समाधान गर्ने उद्देश्यसहित ई लर्निङ प्ल्याटफर्म माइ सेकेण्ड टिचर, अब नेपालमा शुरु हुने भएको छ । विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयका सञ्चालकलाई लक्षित गर्दै ल्याइएको यो प्ल्याटफर्म शैक्षिक गुणस्तर विकासको लागि उपयोगी हुने विश्वास गरिएको छ ।

शैक्षिक क्षेत्रमा प्रविधिको प्रयोगलाई जोड दिने भने पनि, प्रविधिको प्रयोगमा कमी र घोकन्ते शिक्षाको हावी हुँदा, नेपालको शैक्षिक गुणस्तर खस्कदै गएको छ ।

शिक्षकले विद्यार्थीलाई कसरी पास गराउने र विद्यार्थीले परीक्षा कसरी पास गर्ने भन्ने चिन्ता मात्रै अहिले धेरै अल्झिएका छन् । माई सेकेण्ड टिचरमा विभिन्न समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरुलाई शिक्षण पद्धतीसँग जोडेर भिडियो सामग्री बनाइएको छ ।

यो अन्तरक्रियात्मक छ । नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रुपमै सोध्न मिल्ने, प्रत्येक विद्यार्थीको सहि मूल्याकंन गर्ने, आफ्नो क्षमता परीक्षण गर्ने विशेषता पनि यसमा छ ।

वैशाख १ गतेदेखि कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका भिडियो यो प्लेटफर्ममा उपलब्ध हुनेछन ।

सन् २०२० मा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई लर्निङ प्ल्याटफर्ममा पर्न सफल माई सेकेण्ड टिचर अमेजन वेब सर्भिसेसको इडी स्टार्ट अवार्डबाट समेत सम्मानित भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *