Main News

श्रमजीवी पत्रकारको अपेक्षाः पेशागत हित र सुरक्षामा नेतृत्वको ध्यान पुगोस् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २५ गते २०:१५
श्रमजीवी पत्रकारको अपेक्षाः पेशागत हित र सुरक्षामा नेतृत्वको ध्यान पुगोस् (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । पत्रकार महासंघको नेतृत्व चयनका लागि पत्रकारले पहिलो पटक प्रत्यक्षरुपमा मतदान गरेको छन् । प्रत्यक्षरुपमा आफ्ना नेता चुनेका पत्रकार भावी नेतृत्वले पेशागत हक हित र सुरक्षामा ध्यान दिने अपेक्षा गरेका छन् ।

सधै न्युज रुमदेखि फिल्डसम्म खबर संकलन र लेखनमा व्यस्त हुने देशभरका पत्रकारहरु आज नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदानमा व्यस्त बने ।

देशभरका पत्रकारहरुले केन्द्रीय समितिको निर्वाचनका लागि पहिलो पटक प्रत्यक्ष प्रणालीबाट मतदान गरेका हुन् । पत्रकारहरुले नेपाल पत्रकार महासघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनमा भाग लिए ।

केन्द्रीय समितिको ४९ पदका लागि १ सय ५२ को उम्मेदवारी परेको थियो । आगामी तीन वर्षको नयाँ नेतृत्व चयनका लागि देशभरका सबै सदस्यहरुको प्रत्यक्ष मतदान गरेका हुन । प्रत्यक्ष मतदानले भावी नेतृत्व पत्रकार प्रति जिम्वेवारी बढ्ने अपेक्षा गरेका छन ।

प्रत्यक्ष निर्वाचनले सबै पत्रकारहरु समान हुन र आफ्नो छाता सगठनको नेतृत्व आफै छान्न पाउने व्यवस्थाले पत्रकार समेत अबको नेतृत्व प्रति धेरै आशावादी छन् ।

सधैं अरुका समस्याका समाचार लेख्ने पत्रकार आफैं समस्यामा पर्ने गरेका छन् । त्यसैले उनीहरुले अबको नेतृत्वले पत्रकारका समस्या समाधान गर्ने अपेक्षा गरेका छन् ।

निर्वाचनका लागि महासंघको ७७ वटा जिल्ला शाखा, ४२ प्रतिष्ठानहरुको १९ स्थानमा र काठमाडौको दशरथ रगंशालामा एसोसियटको एक गरी कुल ९७ बुथमा निर्वाचन भएको थियो ।

केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिनुभएको थिया भने स्वतन्त्र पत्रकारको रुपमा गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उमेद्वारी दिनुभएको छ।

पत्रकारको निर्वाचन भएपनि मतदानमा राजनितिक नेतृत्वमा लागि हुने चुनाव जस्तो महोल देखिन्थ्यो । आफना उमेद्वारहरुको जिताउनका लागि मत माग्नेदेखि प्रचार प्रसार मतदानस्थानमा व्यापक देखिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *