Main News

आजदेखि मौसम विस्तारै सफा भए पनि काठमाडौंमा फेरि प्रदूषण बढ्ने

हिमालय टिभी
२०७७ चैत २२ गते ९:०२
आजदेखि मौसम विस्तारै सफा भए पनि काठमाडौंमा फेरि प्रदूषण बढ्ने

२२ चैत २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम विस्तारै सुधार हुँदै जाने बताएको छ ।

महाशाखाले आज बिहानैदेखि देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको तथा बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।

महाशाखाले बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागको मौसम भने सफा रहने महाशाखाको भनाइ छ ।

यस्तै अपराह्नतिर प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ । यस्तै आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको अनुमान छ ।

तर,पानी नपर्दा आज काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्ने सम्भावना रहेको छ । मौसमविद प्रतिभा मानन्धरले आज देशैभर बिहान वायु प्रदूषण रहे पनि काठमाडौं उपत्यकामा भने अन्य स्थानको तुलनामा बढी प्रदूषण रहेको बताउनुभयो ।

उहाँले आज दिउँसो काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेपनि भिजिविलिटीमै समस्या आउने गरप् भने प्रदूषण नहुने पनि प्रष्ट पार्नुभयो । मानन्धरले भोलिदेखि पानी पर्ने सम्भावना रहेकाले विस्तारै मौसम सफा हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *