Main News

कर्णाली प्रदेश सरकारले तत्काल विश्वासको मत नलिने

हिमालय टिभी
२०७७ चैत २१ गते १९:१६
कर्णाली प्रदेश सरकारले तत्काल विश्वासको मत नलिने

२१ चैत २०७७ सुर्खेत । कर्णाली प्रदेश सरकारले तत्काल विश्वासको मत नलिने भएको छ । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रले प्रदेश प्रमुखले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गरिरहेको आरोप पनि लगाएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको माओवादी संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निस्कर्ष निकालेको हो ।

नेकपा एमालेका १० जना सांसदले चैत ४ गते प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका थिए । तर अहिलेसम्म एमालेका तीन जना सांसद मन्त्रीको रुपमा कार्यरत रहेकाले सरकार बहुमतमै रहेको माओवादी केन्द्रको निष्कर्ष छ ।

माओवादी संसदीय दलको बैठकले प्रदेश प्रमुखले संविधानभन्दा बाहिर गएर कार्यकारी भूमिका देखाउन खोजेको आरोप पनि लगाएको छ । १० जना सांसदले समर्थन फिर्ता लिएको विषयमा बारम्बार पत्र पठाउनु प्रदेश प्रमुखको अधिकार क्षेत्रभन्दा बाहिर भएको निष्कर्ष पनि वैठकले निकालेको छ ।

प्रमुख सचेतक नेपालीले एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद गुमेको बताउनुभयो । रेग्मीमाथि पार्टीले कारवाही गरिसकेको बताउँदै उहाँले रेग्मीको ठाउँमा संसदको परामर्श समितिमा राते कामीलाई पठाइएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *