Main News

आज देशका पहाडी भेगमा मौसममा आंशिक बदली रहने

हिमालय टिभी
२०७७ चैत २१ गते ८:४७
आज देशका पहाडी भेगमा मौसममा आंशिक बदली रहने

२१ चैत २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा आंशिक बदली रहने बताएको छ ।

महाशाखाले नियमित मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र आज र पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यातय सफा रहने बताएको छ ।

महाशाखाले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको पनि बताएको छ। यस्तै आज राति भने वर्षाको सम्भावना नरहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका बाहेक अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *