Main News

कालोबजारी गर्नेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १९:२३
कालोबजारी गर्नेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमार्डौं । संसदीय समितिले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आज बसेको कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो ।

चारवटै विभागका महानिर्देशकलाई बैठकमा बोलाएर छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । यस्तै दर्ता भएपनि नभएपनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानूनी दायराभित्र ल्याई दण्ड र जरिमाना सहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

दर्ता भएपनि नभएपनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानूनी दायराभित्र ल्याई दण्ड र जरिवाना सहित कारबाही गर्न समितिले भनेको छ ।

बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा बढी भन्दा बढी जनचेतना फैलाउन पनि समितिले विभागहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *