Main News

चीनले दिएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय

हिमालय टिभी
२०७७ चैत १८ गते १८:३३
चीनले दिएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय

१८ चैत २०७७ काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भेला, सभा जुलुस रोक्न अनुरोध गरेको छ ।

प्रवक्ता गौतमले पत्रकार सम्मेलनमार्फत नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण फैलिदै गएको भन्दै जिल्लाभित्र भेला, सभा जुलुस रोक्न प्रमुख जिल्ला अधिकारीलाई विशेष अनुरोध गरेको जानकारी दिनुभयो ।

यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको छ । यसै गरी विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ । कोरोना परीक्षण गर्ने सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *