एमाले ब्युँताउने अदालतको फैसलाविरुद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जाने
१७ चैत २०७७ काठमाडौं । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज पुनरावलोकनमा जाने भएको छ ।
आज बिहान ११ बजेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालत जाने तयारी भएको छ। अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले आज पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइने जानकारी दिनुभयो ।
नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।
कानून व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो ।
फैसला लगत्तै बसेको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने निर्णय भएको थियो ।
प्रतिक्रिया