Main News
पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन
२०७७ चैत १६ गते १५:११

१६ चैत २०७७ काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ ।
७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका निवासी भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।
सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया